काठमाडौं । इन्डोनेसियामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति पदका उमेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । देशको आमनिर्वाचन आयोग ९केपीयू०ले बुधबार उनीहरूको जित घोषणा गरेको हो ।

आधिकारिक गणनाअनुसार प्रबोवो–जिब्रानले नौ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन् ।

जिब्रान भने सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुन् ।

Facebook Comments Box