गुल्मी, २८ चैत। गुल्मीमा दुर्लभ मानिने किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका–६ जोहाङमा उक्त प्रजातीको सर्प भेटिएको हो।

स्थानीयका अुनसार किराना पसलभित्र किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो । भेटिएको सर्पको करिब तीन मिटर लम्बाई रहेको छ भने ६ किलो ७ सय १५ ग्राम तौल रहेको बताइएको छ ।

सर्पको मंगलबार साँझ पाल्पा जिल्लाको तानसेन नगरपालिका–१४ का सर्प उद्वारकर्ता सागर पाण्डेले सकुशल उद्वार गरेका थिए।

 

Facebook Comments Box