एजेन्सी। रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४०० भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमबार यसबारेमा जानकारी गराएको हो ।
गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा ६ हजार १०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएको छ । ३३ हजार मानिसहरूका लागि ३३ अस्थायी आवास केन्द्रहरू तैनाथ गरिएको छ । ओरेनबर्ग क्षेत्रीय सरकारले बाढी अप्रिल १० मा अझै बढ्ने अनुमान गरेको छ ।
उरल नदीको अवस्था अप्रिल २५ भन्दा पहिले सामान्य हुने अपेक्षा गरिएको छ । १८ हजारभन्दा बढी मानिसहरू बाढीको जोखिममा रहेको क्षेत्रमा रहेको बताएको छ ।
अप्रिल ७–११ को तथ्यांकले साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय जिल्लामा दैनिक औसत तापक्रम, हिउँ पग्लने र नदी पग्लिने क्रममा निरन्तर वृद्धि भएको देखाउँछ । यसले तल्लो क्षेत्र र यातायात पूर्वाधारमा बाढीको जोखिम बढाउने अपेक्षा गरिएको छ ।