काठमाडौं, ६ वैशाख। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १७ सय २५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २७४. डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box