काठमाडौं, २७ चैत। सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (चैत २७ गते) छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार (चैत २६ गते) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
यसअघि आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला २९०० र ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कामय गरेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४४ डलर र चाँदी प्रतिऔंस २७.७८ डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments Box