काठमाडौं, २१ चैत। सुनको भाउले आज (चैत २१ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत १९ गते पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३० हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय ४५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २८५.७९ डलर र चाँदी प्रतिऔंस २६.३९ डलरमा कारोबार भइरहेको छ ।