गुल्मी, चन्द्रकोट गाउँपालिका। गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्थानीय बासिन्दाको लागि रुपन्देहीमा निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ। पलिकाले आफ्नो गाउँपालिकाभित्रका बासिन्दाहरुको उपचारमा सहज होस् भन्ने हेतुले घाइते तथा बिरामीको लागि निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो। यसका लागि चन्द्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र बुटवलबिच सम्झौता भएको छ ।

सम्झौता पत्रमा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशी र रक्त संचार सेवा केन्द्र बुटवलका उपसभापती मित्रलाल न्यौपानेले हस्ताक्षर गरेका छन्।
नियमित डायलासिस गराउनु पर्ने, दुर्घटनामा परि उपचारमा रगत आवस्यक पर्ने घाइते र नियमित रगत चडाउनुपर्ने बिरामीले रगत खरिद गर्नुपर्दाको समस्यालाई समाधान गर्न निःशुल्क रगत वितरण गर्ने सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष केशीले बताए।

निःशुल्क रगत पाउनको लागि के गर्ने ?
१.चन्द्रकोट गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने
२.बिरामी भएको वा घाइते भएको भनी गाउँपालिकाबाट सरकारी कागजात लिई रेडक्रस सोसाइटीमा पेश गर्नुपर्ने

 

Facebook Comments Box