गुल्मी, १६ जेठ। गणतन्त्र दिवसको अवसरमा गुल्मीको छत्रकोट गाउँपालिकाले आमाहरूलाई सम्मान गरेको छ । पालिकाले निर्धारण गरेको विभिन्न सुचकका आधारमा छनोट भएका ६ वटा वडाका १८ जना स्मार्ट आमाहरूलाई सम्मान गरेको हो ।
गाउँपालिकाले निर्धारण गरेका स्वास्थ्यका सूचकहरू पूरा गर्ने प्रत्येक वडाका ३÷३ जना स्मार्ट आमा छनोट गरेर सम्मान गरिएको छत्रकोट गाउँपालिकाले जनाएको छ।
स्मार्ट आमा छानोटका लागि गाउँपालिकाले १०० पूर्णाङ्कबारबरको २० वटा स्वास्थ्य सूचकहरू राखेको थियो । जसमा प्रत्येक सूचकलाई ५ अंक निर्धारण गरिएको थियो । गाउँपालिकाले निर्धारण गरेका सूचकहरूमा कम्तिमा ५६ देखि १०० अंक प्राप्त गर्ने आमाहरू सम्मानका लागि छनोट भएका थिए ।
आमाहरूको मनोबल वृद्धि गर्नुका साथै आमा र बच्चा दुवै जनालाई स्वास्थ्य पहुँच दिलाउने उद्देश्यका साथ छत्रकोट गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट आमा सम्मान कार्यक्रम आयोजना गरेको पालिकाले जनाएको छ। यतिमात्र नभई छत्रकोट गाउँपालिका देशभर तेस्रो र जिल्लामा पहिलो गाउँपालिका समेत बनेको थियो ।
नागरिकलाई स्वास्थ्य क्षेत्रमा गुणस्तरीय तथा मैत्रीपूर्ण सेवा प्रवाहका लागि पछिल्लो समय छत्रकोट गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । स्मार्ट आमाहरूलाई सम्मान, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाइ सम्मानजनक विदाई तथा निवृत्तिभरण, पूर्ण पोषणमेत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम, पूर्ण संस्थागत प्रस्तुति सुनिश्चितता तथा दिगोपना घोषणा र किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण कार्यक्रम आयोजना गरेर पालिकाले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
स्मार्ट आमा सम्मान कार्यक्रमा सम्मानित भएकी कविता पौडेले गर्भदेखि बच्चा नहुर्किदासम्म बच्चालाई कसरी स्याहार गर्ने भन्ने विषयमा थप ज्ञान प्राप्त भएको बताउँदै सम्मानित हुन पाएकोमा धन्यवाद दिँदै खुशी व्यक्त गरेकी छन् । यसका साथै गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेकी छन् ।
यसैगरी स्मार्ट आमाबाट सम्मानित भएकी राधिका जिसिले स्मार्ट आमा बन्न पाउँदा खुशी व्यक्त गरेकी छन् । गाउँपालिकाले संचालन गरेको स्मार्ट कार्यक्रम मार्फत बच्चाहरूलाई सफाइ गर्ने, पूर्ण खोप लगाउन, सुत्केरी हुँदा स्वास्थ्य संस्थामा चेकजाँचका लागि जानुपर्ने लगायतका विषयमा प्रेरणा प्रदान गरेको उनले बताएकी छन् ।
सबै आमाहरूलाई स्माट बन्ने गरि लाग्न छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्री ज्ञवालीले आग्रह गरिन् । यो कार्यक्रम पहिलो चरणमै राम्रो देखिएकाले यसको सुनिश्चिततालाई कायम गरि दिगोपना राखिने बताइन् । गाउँपालिकालाई समृद्धि बनाउन स्वास्थ्य क्षेत्र एक महत्वपूर्ण रहेकाले यसै बर्षदेखि आमाहरूलाई स्मार्ट बनाउने कार्यक्रमको सुभारम्भ गरेर पालिका अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । गाउँपालिकाले गत वर्षदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै आइरहेको बताउँदै अध्यक्ष पाण्डेले गुणस्तरीय सेवा प्रवाहका लागि गाउँपालिकाले भौतिक पूर्वाधारलाई पनि व्यवस्थित बनाउँदै लगिएको दाबी गरे । गुल्मीका १२ स्थानीय तहमध्ये स्मार्ट आमा सम्मान कार्यक्रम संचालन गर्नेमा छत्रकोट गाउँपालिका पहिलो बनेको छ । पूर्ण पोषणमैत्री पालिका घोषणा गर्नेमा छत्रकोट देशभर तस्रो र जिल्लामै पहिलो समेत बनेको थियो ।
गाउँपालिकालाई समृद्धि बनाउन स्वास्थ्य महत्वपूर्ण रहेकाले यसै बर्षदेखि आमाहरूलाई स्मार्ट बनाउने कार्यक्रमको सुभारम्भ गरेर पालिका अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । कार्यक्रममा बोल्दै गाउँपालिकाले गत वर्षदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै आइरहेकोले गुणस्तरीय सेवा प्रवाहका लागि गाउँपालिकाले भौतिक पूर्वाधारलाई पनि व्यवस्थित बनाउँदै लगिएको अध्यक्ष पाण्डेले बताए । यसका साथै गुल्मीका १२ स्थानीय तहमध्ये स्मार्ट आमा सम्मान कार्यक्रम संचालन गर्नेमा छत्रकोट गाउँपालिका पहिलो बनेकाले आफू बनेकोमा अध्यक्ष पाण्डेले खुशी व्यक्त गरेका छन् ।
यसैगरी, छत्रकोट गाउँपालिकाकि सावित्री ज्ञवालीले सबै आमाहरूलाई स्माट बन्ने गरि अघि बढ्न र स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेकी छन् ।