गुल्मी, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मीका १६२ उजुरी दर्ता भएका छन्। भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमा संस्थाका अध्यक्ष पदम प्रसाद पाण्डेले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा भ्रष्टाचारविरुद्ध गुल्मी जिल्लाका १६२ उजुरी परेको छ। जसमध्ये ९४ वटा उजुरी फस्र्योट र ६८ फस्र्योट हुन बाँकी रहेको उल्लेख छ ।तथ्याङ्कअनुसार रेसुङ्गा नगरपालिकाको उजुरी सबैभन्दा धेरै परेको देखिएको छ भने चन्द्रकोट गाउँपालिकाको सबैभन्दा कम उजुरी दर्ता भएको देखिएको छ।
कुन पालिकाको कति उजुरी दर्ता ?
रेसुङ्गा नगरपालिका
अख्तियार दुरुपयोग अनसन्धान अयोगमा रेसुङ्गा नगरपालिकाको ३२ उजुरी परेकोमा २१ उजुरी फस्र्योट भएको छ । भने ११ वटा उजुरी फस्र्यौट गर्न बाँकी छ ।
मालिका गाउँपालिका
अख्तियार दुरुपयोग अनसन्धान अयोगमा मालिका गाउँपालिकाको २९ वटा उजुरी दर्ता भएकोमा १९ वटा उजुरी फस्र्योट भएको छ भने १० वटा उजुरी फस्र्योट गर्न बाँकी छ ।
धुर्कोट गाउँपालिका
अख्तियार दुरुपयोग अनसन्धान अयोगमामा धुर्कोट गाउँपालिकाको २२ वटा उजुरी परेकोमध्ये १७ वटा उजुरी फस्र्योट भएको छ भने ५ वटा उजुरी फस्र्योट हुन बाँकी छ ।
मदाने गाउँपालिका
अख्तियार दुरुपयोग अनसन्धान अयोगमा मदाने गाउँपालिकाको १५ उजुरी दर्ता भएको छ । जसमा ८ वटा उजुरी फस्र्योट भएका छन् भने ७ वटा उजुरी फस्र्योट हुन बाँकी छन् ।
इस्मा गाउँपालिका
अख्तियार दुरुपयोग अनसन्धान अयोगमा इस्मा गाउँपालिकाको १४ उजुरी परेकोमध्ये २ वटा उजुरी मात्रै फस्र्योट भएका छन् । १२ वटा उजुरी फस्र्योट हुन बाँकी छ ।
कालीगण्डकी गाउँपालिका
अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा कालीगण्डकी गाउँपालिकाको ११ उजुरी परेकोमध्ये ६ वटा उजुरी फस्र्योट भएका छन् भने ५ वटा उजुरी फस्र्योट हुन बाँकी छन् ।
मुसिकोट नगरपालिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुसिकोट नगरपालिकाको १० उजुरी परेकोमध्ये ४ वटा फस्र्योट भएका छन् भने ६ वटा फस्र्योट हुन बाँकी रहेको छ । गुल्मीदरबार गाउँपालिकाको ९ उजुरी परेकोमध्ये ५ वटा फस्र्योट भएका छन् भने ४ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको छ ।
सत्यवती गाउँपालिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सत्यवती गाउँपालिकाको ७ वटा उजुरी परेकोमध्ये ३ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको छ । भने ४ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको छ ।
छत्रकोट गाउँपालिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छत्रकोट गाउँपालिकाको ५ उजुरी परेकोमध्ये पाँचै वटा उजुरी फस्र्योट भएको छ।
रुरुक्षेत्र गाउँपालिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमारुरुक्षेत्र गाउँपालिकाको ५ वटा उजुरी परेकोमध्ये ३ वटा उजुरी फस्र्योट भएका छन् भने २ वटा उजुरी फस्र्योट हुन बाँकी छ ।
चन्द्रकोट गाउँपालिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चन्द्रकोट गाउँपालिकाको ३ वटा उजुरी परेकोमा १ वटा उजुरी फस्र्योट भएको छ भने दुईवटा उजुरी फस्र्योट हुन बाँकी छ ।