एजेन्सी। हेलिकप्टर दुर्घटनाका कारण इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि निधन भएको छ । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ ।
उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइनको पनि निधन भएको छ ।
अब को बन्छ नयाँ राष्ट्रपति ?
इरानी कानूनअनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन् ।कतारी विश्व च्यानलका अलजजिराका अनुसार मोख्बरले ५० दिनमा चुनाव गराउनुपर्नेछ । इरानी कानुनले राष्ट्रपतिको मृत्यु भएका उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति भएर सरकार चलाउने प्रावधान राखेको छ । सोही सरकारले ५० दिनमा चुनाव गराउनुपर्नेछ ।