काठमाडौं, जेठ ८। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) अनुसार आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
जसमा प्रधानमन्त्री प्रचण्डको घर चितवन भरतपुर १४ मा १४ कट्ठा पार्किङसहितको पैतृक सम्पत्ति रहेको उल्लेख छ । त्यस्तै, भरतपुर १२ मा अंशबाट प्राप्त १ कट्ठा अचल सम्पत्ति रहेको प्रधानमन्त्रीले पेश गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै, चल सम्पत्तिमा पाँच तोला पैतृक सुन, एभरेष्ट बैंक, सिंहदरबारमा २५ लाख नगद रहेको उल्लेख छ । जसको स्रोत प्रतिनिधिसभाको सदस्यको पारिश्रमिक रहेको विवरण छ ।
Facebook Comments Box