काठमाडौं, ७ जेठ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रप्त गरेका छन् । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेकै बिच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन्।
सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
जसअनुसार सभामुखले मत विभाजन गर्दा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत प¥यो । कांग्रेससहित विपक्षी सांसदहरु भने मतदान प्रक्रियामा सहभागी नभइ नाराबाजीमै रहे ।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।