गुल्मी, ८ जेठ। कफी गुल्मीलाई चिनाउने एउटा प्रमुख बाली हो । त्यसैले युएईमा रहेका गुल्मेलीहरु कफीको प्रचारप्रसार गर्न एकजुट भएका छन्।

१६ जुन, २०२४ तारिखको दिन गुल्मी सेवा समाज, युएईले दुबईमा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरेर गुल्मीको कफिको प्रचारप्रसार गर्ने भएको छन्।

कार्यक्रममा आधुनिक गायक कमल खत्रीका साथमा लोक तथा दोहोरी गायीका बन्दना पाण्डे, डान्सर अस्मिता राना मगर, लोक गायक एवं कार्यक्रम संचालक कमल कार्कीको प्रस्तुती रहने छ ।

‘गुल्मी हो नाम, गुल्मेलीको शान, रुरु र रेसुङ्गा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ कार्यक्रम भव्य रुपमा मनाउने आयोजक टिमले जनाएको छ।

 

Facebook Comments Box