गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले जीवनबाबु स्मृती भवनको शिलान्यास गरेको छ। छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनटामा अवस्थित नव प्रगतीशिल युवा क्लबको भवन आज एक औपचारिक समारोहका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले शिलान्यास गरेका हुन्।

गाउँपालिकाले भवनको लागि जग्गा र ५ लाख रुपैयाँ नगद बिनियोजन गरेको छ।समाजसेवी स्वर्गीय जीवनबाबु पन्थको स्मरण भवन शिलान्यास गरिएको हो । गत वर्ष पाल्पामा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको थियो । पन्थको निधनपछि गाउँपालिकाकाले उनको स्मरणमा भवनको शिलान्यास गरेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए।

भवन शिलान्यास गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, वडा अध्यक्ष तेजकान्त अर्याल, क्लबका संस्थापक अध्यक्ष जनक पन्थ, क्लबका संरक्षक मधुकृष्ण पन्थ, सल्लाहाकार संयोजक बैकुण्ठ प्रसाद पन्थ, क्लबका कार्यवाहक अध्यक्ष बैकुण्ठ कंडेल, पुर्व अध्यक्ष लेखनाथ कंडेल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

नव प्रगतीशिल युवा क्लबले आफ्नो अध्यक्षको निधन भएपछि सम्झना स्वरुप मनडाँडा माध्यमिक विद्यालयको लागि १ लाख ६९ हजार रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गरेको थियो ।

 

Facebook Comments Box