गुल्मी १७ जेठ। गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाका १६ वर्षीय विजय परियार घाइते भएका हुन् ।
परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीको ढिकमा रहेको आरु बखडाको फल टिप्ने क्रममाकरेन्ट लागेर घाइते भएका हुन् ।
बखडा टिप्ने क्रममा रुखमाथि रहेको बिजुलीको हाइटेन्सन लाइनको तारले छोइएर करेन्ट लाग्दा दाहिने हात, बाँया खुट्टा र छातिमा चोट पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
परियारलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
उपचारको लागि गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर गरिएको छ।

Facebook Comments Box