गुल्मी, १६ जेठ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गुल्मीमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने छ ।

३९२ केन्द्रमार्फत १० हजार ८१० जना बालबालिकालाई आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। कार्यालयका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई आईपीभी खोप लगाइने छ । गुल्मीमा जेठ २१ देखि २८ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुँदैछ ।

पहिले यो खोप लिन छुटेका एक वर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा रहेकाले अभियानको माध्यमबाट आईपीभी खोप दिन लागिएको हो ।

 

Facebook Comments Box