एजेन्सी। भारतीय अभिनेता शाहरुख खानलाई अस्पताल भर्ना भएका छन्। भारतीय मिडियाका अनुसार हिटस्ट्रो र डिहाइड्रेशनका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको छ।अहिलेले खानको स्वास्थ्य अवस्थ सामान्य अवस्थामा फर्किएको छ। त्यसैले अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ ।
आफ्नी छोरी सुहाना, छोरा अबराम र म्यानेजर पूजा दधलानीको साथमा केकेआर र सनराइजर्स हैदरावादको आईपीएल प्ले अफ हेर्न मंगलबार अहमदाबाद पुगेका थिए । केकेआरको समर्थनमा जुही चावला, जे मेहता, अभिनेत्री अनन्या पान्डे, सनाया कपूर, नभ्या नन्दा र अगस्त नन्दा पनि रङ्गशालामा देखिएका थिए ।
हालैका केही दिनयता भारतमा अत्याधिक गर्मी बढेको छ । उत्तर प्रदेश, राजस्थान, चन्दीगढ, पञ्जाब, दिल्ली, हरियाणा लगायत देशका कयौँ हिस्सामा मौसम विभागले तातो हावाको लहर चल्ने भन्दै रेड अलर्ट नै जारी गरेको छ ।