एजेन्सी। भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो ।

अधिकारीहरूका अनुसार १२ नवजात शिशुलाई भने बचाइएको छ । त्यस्तै ६ जनाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

Facebook Comments Box