काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ। यसका लागि पार्टीले सांसदहरुलाई ह्विप जारी गरेको छ।
सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्विप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।
Facebook Comments Box