काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।
संसदको अवरोध हटाउनेबारे राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।
कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् ।
यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।
कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।
समिति गठनका लागि कार्यदल निर्माण भए पनि कार्यादेश टुङ्गिन नसकेपछि त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको छ । शीर्ष नेताहरूको बैठक पनि आजै बस्ने तयारी छ ।
कांग्रेसले भने आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दैछ ।

Facebook Comments Box