काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुन अनन्तले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् । दिउँसो १ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि ११ बजे मन्त्रीपरिषद बैठक बस्दैछ । मन्त्रीपरिषदले बजेट पारित गरेपछि अर्थमन्त्रीले संसदमा बजेट पेस गर्नेछन् ।

आज आर्थिक वर्ष २०८१–८२ का लागि नयाँ बजेट आउनेछ । जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । १९ खर्बको हाराहारीमा रहेर बजेट तय गरिएको जानकारी दिइएको छ । केही पपुलर नारासहितका कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् । मन्दीमा जान लागेको अर्थतन्त्र सुधारका लागि केही लचिला नीतिहरु पनि सार्वजनिक गरिने छ ।

 

 

Facebook Comments Box