काठमाडौं, १४ जेठ। सोमबार नेपाली बजारमा सुनको भाउ महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिने सुनको भाउ तोलामा ३०० रुपैयाँले महँगिएको हो ।

जसअनुसार आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कायम गरिएको छ ।त्यसैगरी चाँदी तोलामा २५ रुपैयाँले महँगिएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ थियो । त्यस्तै प्रतितोला चाँदीको भाउ १ हजार ८ सय ५५ रुपैयाँ कायम गरिएको थियो ।

Facebook Comments Box