एजेन्सी। युरोपेली राष्ट्रहरुले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्। नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने निर्णय गरेका हुन् ।
उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाएको छ। अमेरिकाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्य घोषणा गर्ने युरोपेली देशहरुको निर्णयलाई एकपक्षीय निर्णय भएको बताएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएका छन् ।
बुधबार गरिएको छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन एक स्वतन्त्र राज्यको मान्यता दिने बताएका थिए।
प्यालेस्टिनी राष्ट्रपतिले युरोपेलि देशहरुले गरेको उक्त घोषणालाई स्वागत गरेका छन्। यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।