काठमाडौं, १३ जेठ। सरकारले मंगलबार आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्ने भएको छ। नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट आउने छ ।
बजेट वक्तव्यका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको दिउँसो १ बजे संसद बैठक आह्वान गरेका छन् ।
नेपाली कांग्रेसले सहकारी ठगीबारे छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद अबरोध गरेकै बेलामा सभामुखले संसद सुचारु गरी बैठक आह्वान गरेका हुन् ।
उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ ।


यसैबिच नेपाली कांग्रेसले आइतबार अर्थात् आज सहकारी ठगीबारे छानबिन समिति गठन गर्नुपर्ने भन्दै सडक आन्दोलन पनि गरेको छ।
मंगलबार १ बजेसम्म दलहरुबीच सहमति नभए उक्त दिन पनि कांग्रेसको नाराबाजीबीच संसदमा बजेट पेस हुने सम्भावना छ ।
तर प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा सदनको गतिरोध अन्त्यको प्रयास भइरहेकाले बजेट वक्तव्यभन्दा अघि नै विपक्षी दलसँग समझदारी जुट्ने विश्वास व्यक्त गरेका छन् । आफूले गतिरोध अन्त्यको प्रयास गरिरहेको उनको भनाइ छ ।

Facebook Comments Box