काठमाडौं, ७ जेठ। सुन–चाँदीको भाउले जेठ ७ गते अर्थात् आज अर्को नयाँ रेकर्ड बनाएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् जेठ ६ गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँ तोकिएको थियो ।
त्यसैगरि, आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार अर्थात् जेठ ६ गते चाँदीको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन चाँदी प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।