काठमाडौं, २० जेठ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय बासिन्दाहरुको लागि विद्युतीय चूलो वितरण गर्ने भएको छ । पालिकामा विद्युतीय उपकरणको प्रयोगमा वृद्धि गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं, र रुरुक्षेत्र गाउँपालिकाबिच भएको सम्झौताअनुसार पालिकाले १ हजार ७७५ घरधुरीलाई विद्युतीय चूलो वितरण गर्न लागेको हो ।
पालिकाभित्रका इच्छुक नागरिकले २०८१ साल जेठ मसान्तसम्ममा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न रुरुक्षेत्र गाउँपलिकाले सूचना प्रकाशन गर्दै अनुरोध गरेको छ ।
विद्युतीय चूलो लिनको लागि सम्बन्धीत व्यक्तिले निवेदनसँगै आफ्नो नागरिकताको प्रतिलिपि पनि अनिवार्य पेश गर्नु पर्दछ ।
यसका साथै विद्युतीय चूलो वितरणको लागि छनौटमा परेका लाभग्रागीहरूले चूलो वितरण गर्ने समयमा साझेदारी रकम स्वरुप पाँच सय रुपैयाँ पनि बुझाउनु पर्ने छ ।
विद्युतीय चुलो वितरण गर्दा सिमान्तकृत समुदाय, दलित, जनजाती तथा आर्थिक रुपमा विपन्न वर्गलाई विशेष प्राथमिकता दिने पालिकाले जनाएको छ ।
विद्युतीय उपकरणको प्रयोगबाट प्रदूषण पनि कम हुने र भान्साको काम गर्न पनि सहज हुने भएकाले विद्युतीय चूलो वितरण गर्न लागिएको पालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।
लागत साझेदारीमा विद्युतीय चूलो लिनको लागि पेश गर्ने निवेदनको ढाँचाः
गाउँपालिकाले सार्वजनिक गरेको सूचना: