गुल्मी, २० जेठ । गुल्मी जिल्लामा मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुको आँखाको रेटिनाको जाँच गरिएको छ । नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको सहकार्यमा जिल्लाको सदरमुकाम तम्घारमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा मधुमेह तथा उच्च रक्तचाप भएका १२३ जना बिरामीहरूको आँखाको रेटिना जाँच गरिएको छ ।
बिरामी जाँचको क्रममा १३ जनालाई आँखाको रेटिनाको समस्य, ११ जनाको मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने, ५ जनालाई जलविन्दुको समस्या रहेको पाइएको छ । १३ बिरामीहरूलाई तत्काल उपचार आवश्यक भएकोले थप उपचारको लागि रिफर गरिएको छ ।
Facebook Comments Box