तम्घास–रिडी सडक खण्ड एक महिनाको लागि बन्द

सडक कालोपत्रे र स्तारोन्नति गरिँदै

Avatar photo

Byरुरु संवाददाता

२० जेष्ठ २०८१, आईतवार १०:४३

गुल्मी, २० जेठ । गुल्मीको तम्घास–रिडी सडकखण्ड एक महिनाको लागि बन्द हुने भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सुचना जारी गर्दै सडकको स्तरोन्नति गर्नुपर्ने भन्दै दैनिक १२ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

अहिले रिडी देखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिसँगै कालोपत्रेको काम भइरहेको छ ।
उक्त सडकखण्डको काम समान्तर इलाइट जेभीले गरिरहेको छ । सडकमा कटिङ्ग र स्तरोन्नतिको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गर्दे तिव्र रुपमा निर्माणको काम अघि बढाइएको छ ।

सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर सडक बन्द गरी निर्माण कार्यलाई तीव्रता दिन थालिएको हो ।
रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ। पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो। गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य भइरहेको छ ।

 

Facebook Comments Box