काठमाडौं, २० जेठ। लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले प्रदेश सरकारले टोल टोलमा रहेका साना मन्दिर निर्माण गर्न बजेट विनियोजन नगर्ने बताएका छन्।
बर्दियामा आयोजित होटल संघ बर्दिया च्याप्टरको कार्यक्रममा बोल्दै पर्यटन व्यवसायको नाममा साना मन्दिर निर्माणमा बजेट खर्च नगर्ने बताएका हुन् ।
पर्यटनको परिभाषा सोचमा पनि परिवर्तन गर्नुपर्ने भन्दै विकासका लागि सडक, खानेपानी बिजुली यस पटक प्रदेशले तिनैको विकास र स्तरोन्नति गर्ने गरी अघि बढ्ने बताए ।
होटल संघ बर्दियाका बर्दिया च्याप्टरका अध्यक्ष मोहन चौधरीले बर्दियामा पर्यटन प्रवर्द्धनको अवसर र चुनौतीको समेटेर प्रस्तुस्तीकरण गर्दै नेपालका अहिले मुख्य पर्यटक भारतीय भएकाले लुम्बिनी प्रदेशले नजिकमा रहेका ठुला भारतीय सहरहरुमा पर्यटन प्रवर्द्धनात्मकका कार्यक्रमहरु सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।