गुल्मी, २३ जेठ। सरकारले गुल्मी जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८१/८२ का लागि साढे चार अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ । यस जिल्लाका दुई वटा नगरपालिका र दश वटा गाउँपालिकाहरूको लागि चार अर्ब ७० करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार जिल्लाका १२ स्थानीय तहले एक अर्ब १३ करोड ३७ लाख रूपैयाँ समानीकरण अनुदान, तीन अर्ब २८ करोड ६० लाख रुपैयाँँ सशर्त अनुदान, १४ करोड ५५ लाख रुपियाँ विशेष अनुदान र १३ करोड ७५ लाख रुपैयाँ समपुरक अनुदान प्राप्त गर्ने छन् ।

जसमा मुसिकोट नगरपालिकाले ५१ करोड ५० लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछ । त्यसैगरी, रेसुङ्गा नगरपालिकाले ४४ करोड नौ लाख रुपैयाँँ अनुदान प्राप्त गर्ने विवरणमा उल्लेख गरिएको छ ।

इस्मा गाउँपालिकाले ३१ करोड ४१ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने भएको छ । कालीगण्डकी गाउँपालिकाले ३६ करोड ४४ लाख रुपैयाँ र गुल्मीदरबार गाउँपालिकाले ३३ करोड ६३ लाख रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत अनुदान प्राप्त गर्ने बताइएको छ ।

चन्द्रकोट गाउँपालिकाले ३५ करोड ३६ लाख रुपैयाँ, छत्रकोट गाउँपालिकाले ४१ करोड २२ लाख रुपैयाँ र धुर्कोट गाउँपालिकाले ४० करोड ६८ लाख रुपैयाँँ अनुदान प्राप्त गर्ने भएको छ । मदाने गाउँपालिकाले ३४ करोड ११ लाख रुपैयाँँ, मालिका गाउँपालिकाले ४२ करोड २५ लाख रुपैयाँ, रुरुक्षेत्र गाउँपालिकाले ४१ करोड ५६ लाख रुपैयाँँ र सत्यवती गाउँपालिकाले ३८ करोड दुई लाख रुपैयाँ अनुदान प्राप्त गर्ने उल्लेख छ ।

Facebook Comments Box