काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए ।
उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे ।
Facebook Comments Box