गुल्मी, २८ जेठ। गुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरेका हुन् ।
विभिन्न १६ वटा सूचकहरु पूरा गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषणा गरिएको हो । पालिका भित्रका ७ वटा स्वास्थ्य संस्थाहरुले १६ वटा सुचक पार गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गरिएको हो ।
गाउँपालिकाका कार्यक्रममा पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
Facebook Comments Box