काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।बुधबार बिहान ११स्११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए। ५० सिट क्षमताको जहाजमा १९ जना सवारमध्ये १८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने अधिकांश यौर्य एयरलाइन्सकै कर्मचारी हुन्। ५० सिट क्षमताको जहाजमा १९ जना सवारमध्ये १८ जनाको मृत्यु भएको हो। दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।
Facebook Comments Box