बहिरी राष्ट्रहरुको तुलनामा हामी नेपालीहरु आफ्नो घर र जग्गालाई लिगेर बढी सम्बेदनशिल छौँ । अझै कतिको त जिन्दगीको लक्ष्य नै शहरमा जग्गा किन्ने र घर बनाउने भएको सुनिन्छ तथापी जग्गा खरिद र घर निर्माणमा ब्यबसायिकताको पूर्ति आज पनि बजारमा हुन सकेको देखिदैन नतिजा स्वरुप जिन्दगीभरको कमाइले घर निर्माण गर्न खोज्ने उपभोक्ताहरु दिन प्रतिदिन बिभिन्न बहानामा ठगिने र गुणस्तरमा समेत समझदारी गर्न पर्ने अवस्था छ । यस्तै गुणस्तरमा भएको कमजोरीहरुको निरिक्षण गरी समस्या समाधान गर्दै आइरहेको एक कम्पनी स्किल सेवाले आफैले पनि गत २ बर्ष देखि घर निर्माण सेवा दिदैँ आइरहेको छ ।
घरहरुको गुणस्तरमा यति सम्मको लापरबाही हुनु र बर्षेनी समस्या भोग्न पर्नुमा बिशेषत ३ कारण रहेको स्किल सेवाका संस्थापक इन्जिनियर महेश तिमिल्शिना बताउनुहुन्छ ।
१. निर्माण सामाग्री छनौट
२. ब्यबसायिकता र प्राबिधिकताको कमी
३. आवश्यकता स्पष्टता नहुुनु
यी ३ कारणले गर्दा घरहरु जिर्ण निर्माण र लगानी अनुरुप संरचना निर्माण नहुँदा उपभोक्ताको नियमित आश्यकता समेत पूरा नहुने किसिमको घर निर्माण हुन पुग्दछ । यस्तै आउन सक्ने समस्याहरुको निराकरणका लागि १५० भन्दा धेरै घर निमार्ण र ४० हजार भन्दा बढी घरहरुको समस्या समाधान गरिसकेको घरको डाक्टरको ८ सुझाबः
१. आवश्यकताको पहिचान
प्राय घर बनाउदै गर्नु हुने उपभोक्ताहरु साथीभाई , आफन्त र छरछिमेका घरहरुको तुलनामा आफ्नो घर निर्माण गर्ने गर्नुहुन्छ तर त्यो भन्दा आफ्नो आवश्यकतालाई बढी प्राथमिकता दिन पर्ने हुन्छ । आफ्नो आवश्यताहरु परिवार सख्ंया, जग्गाको स्थान र आकार, आफनो घर पूर्ण आवासिय अथवा ब्यवसायिक कुन रुपमा प्रयोग गर्ने हो त्यस्ता कुराले निर्धारण गर्न सकिन्छ ।
२. निर्माण समामग्रीको उचित छनौट
बिशेषत पहिलो पटक घर बनाउदै गर्नुहुने उपभोक्ताहरुलाई सामानको गुण्स्तर र त्यसको प्रयोग सम्बन्धी जानकारी हुदैन र कसैले भन्दिएको भरमै आवश्यक भन्दा बढी मूल्यको सामानहरु समेत प्रयोग गर्ने गर्दछन् भने सामाग्राीको गुणस्तर समेत पहिचान गर्न जान्दैनन् । तसर्थ लगानी अनुरुप घर बन्दैन ।
३. बजेट निर्धारण
घर निर्माणमा प्रमुख भूमिका निर्बाह बजेटले गर्छ । निर्माण कार्य सुरु गर्नु अघि नै बजेट तर्जुमा र निर्धारण नहुदाँ निर्माण क्रमको बिचमै कामहरु रोक्किने वा आफूसगँ भएको वा खर्च गर्न चाहेको रकम भन्दा धेरै खर्च हुन गई आर्थिक सकंटमा पर्न सकिन्छ । त्यसैले निर्माण कार्य सुरु गर्नु अगाबै बजेट निर्धारण गरिनु पर्छ भने जम्मा बजेटको १० प्रतिशत रकम अतिरिक्त रकम भैपरी आउने खर्चका लागि समेत छुट्टाउदा उचित हुन्छ ।
४. प्राबिधिक परामर्श
प्राबिधिक परामर्श बिना घर निर्माणको कल्पना समेत गर्न सकिदैन, प्राबिधिक सगँको बिस्तृत बैठक बाट मात्रै निर्माण संरचनाको परिकल्पना,लाग्ने खर्च अनुमान,निर्माण सामाग्रीको प्रयोग र छनौट समेत जानकारी लिन पर्छ भने प्राबिधिकलाई १ चोटी आफ्नो घर बनाउने जग्गा समेत पूर्ण तरिकाले अबलोकन गराउन पर्दछ र प्राबिधिकको परामर्श अनुरुपनै निर्माण कार्य अघि बढाउनु उपयुक्त हुन्छ ।
५. सम्बन्धीत नगरपालिकाको नियमको जानकारी र पालना
अधिकाशं स्थानिय तह नगरपालिका वा महानगरहरुमा फरक फरक निति नियम र मापदण्डहरु हुने गर्दछन् त्यसैले आफनो निर्माण क्षेत्रमा के कस्ता मापदण्डहरु छन् त्यको जानकारी लिगेर पालना समेत गर्न आवश्यक हुन्छ । तसर्थ सबै स्थानिय तहको मापदण्ड एउटै हुन्छ भन्ने भ्रम भने हटाउनु पर्छ ।
६. दक्ष जनशत्तिको छनौट
गुणस्तर निर्माण सामाग्री र अधिकत्तम खर्च गर्दा समेत दक्ष जनशक्तिको प्रयोग नहुदाँ घर जिर्ण र भने जस्तो नबन्न सक्छ त्यसैले पनि जनशक्तिको छनौटमा बिशेष ध्यान दिन पर्ने हुन्छ यदि आफूले जनशक्ति छनौट गर्न नसक्ने हो भने बिश्वासिलो निर्माण कम्पनीलाई नै जिम्मा दिनु बेस हुन्छ ।
७.निर्माण सामाग्रीको उच्चत्तम प्रयोग
गुणस्तर निर्माण सामाग्रीका लागि अधिकत्तम खर्च गरी सामाग्रीको प्रयोग सम्बन्धी जानकारी नहुदाँ समेत आगत अनुसारको घर निर्माण नहुन सक्छ जस्तैः गाह्रो लगाउनु अघि इट्टा भिजाउने, सिल र लिन्टेलको प्रयोग गर्ने , प्लास्टर अघि जालीको प्रयोग गर्ने इत्यादि । यस्ता जानकारीहरुका लागि बजारमा घर निर्माण समबन्धी पुस्तकहरु समेत पाइन्छ ।
८. निर्माण सम्पन्नता र अभिलेखीकरण
घर एउटा बासस्थान मात्रै नभएर महत्वपूर्ण सम्पति समेत हो त्यसैले घर कुनै पनि बेला बेच्न अथवा ढितो राख्नका लागि आवश्यक कागजातको रुपमा पनि निर्माण सम्पन्नताले काम गर्छ भने स्थानिय तहको नियम अनुसार पनि निर्माण सम्पन्नता अनिवार्य लिन पर्ने भएकोले निर्माण सम्पन्नता लिनुपर्ने हुन्छ ।