काठमाडौं, १८ असार । नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएसँगै अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना बढेको छ ।

नयाँ समीकरणअनुसार बन्ने कांग्रेस एमालेको सरकारमा पौडेल अर्थमन्त्री बन्ने सम्भावना बढेको हो । नयाँ सरकार बनाउन सोमबार मध्यराती प्रारम्भिक सहमति भएको छ ।

सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । एमालेले अर्थमन्त्रालसहित ९ वटा मन्त्रालय लिने सहमति भएको छ । यस्तै, दोस्रो चरणको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । पहिलो चरणमा कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति भएको थियो ।

कुन मन्त्रालय कसको भाग पर्ने टुंगो नलागे पनि अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेको हो । पौडेल सेयर लगानीकताले पनि निकै रुचाइएका व्यक्ति हुन् । यस्तै, स्वदेशी र विदेशी उद्योगपतिसम्म अनुकुल एवम् समन्वयकारी भूमिकामा देखिएका छन् ।

यद्यपि, एमालेको तर्फबाट पार्टी महासचिव शंकर पोखरले अर्थमन्त्री बन्ने सम्भावना पनि छ । अब बन्ने नयाँ सत्ता गठबन्धनमा मुख्य भूमिका खेलेका पोखरेलले पनि अर्थमन्त्री बन्ने बलियो पात्र हुन् । उनीलाई पार्टी अध्यक्ष ओलीको विश्वासको पात्र मानिन्छ । पोखरेलको पनि रुचि रहेकाले अर्थमन्त्रीमा सम्भावना रहेको बताइन्छ ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा बिग्रिएको नेपाली अर्थतन्त्र पूर्वअर्थमन्त्री डा. प्रकाशशरणले केही सुधारको बाटोमा ल्याएका थिए । र्थतन्त्रमा आएको संकट र त्यसको समाधानका लागि अबको सरकारले नीति तथा कार्यक्रम कार्यन्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । हालको समस्या समाधान गरि देशलाई समृद्धिको बाटो तर्फ हाक्नका लागि पौडेललाई बलियो रुपमा हेरिएको छ ।

पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ । नेपालाई भविष्यमा हुने थप जोखिम र हालको आन्तरिक अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ । नयाँ सरकार गठन हुने र नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल आउने हल्लाले मंगलबार सेयर बजारमा उछाल आएको छ । मंगलबार कारोबार खुला भएको १ महिनेटमै बजारमा सकरात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ४.०१ प्रतिशतले बढेको छ । ८२.४८ अंकले बजार बढेपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ । विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लासँगै लगानीकर्ता निकै उत्साहित छन् ।

पौडेलले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा सेयर बजारको उचाई उच्च बिन्दु पुगेको थियो । त्यसको प्रभाव अझै पनि कायमै छ ।

यसअघि पनि अर्थमन्त्री पौडेल सेयर लगानीकर्ताहरुको हितमा काम गरेको पाइन्छ । पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिएको र सेयर बजारप्रति सकरात्मक दृष्टिकोण रहेको लगानीकर्ताको विश्वास रहेको छ । सेयर लगानीकर्ताहरुले पनि पौडेल बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन् ।

Facebook Comments Box