काठमाडौ‌ । हिरामण्डीको बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च कार्यक्रममा सहभागी हुन उनी नेपाल आउने भएकी छन् ।

ट्रुडर्मा ब्राण्डका निर्देशक सुशान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैंले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम छ ।

नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुनेछिन् । ट्रु स्किन ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।

त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने मुरारकाको भनाइ छ । ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पूरा गर्ने विश्वास छ’, उनले भने ।

 

Facebook Comments Box