एजेन्सी । बेलायती गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने भएकी छिन् । एक पछि अर्को गर्दै कन्सर्टहरू गरेपछि थाकेकी गायिकाले ब्रेक लिन लागेकी हुन् । यतिबेला आफूसँग नयाँ गीतको कुनै योजना पनि नभएको उनले बताएकी छिन् ।
यी सबै पछि आफूले लामो ब्रेक चाहेको र केही समय अरू नै सृजनात्मक काम गर्न चाहेको पनि उनले बताइन् । आफूले घरमा समेत नगुनगुनाउने उनको भनाई छ । गायिकाको पछिल्लो एल्बम सन् २०२१ मा आएको थियो ।
गएको २ वर्षयता एडेलले लास भेगासमा सप्ताहान्तमा कन्सर्ट गर्दै आएकी छिन् । यसको अन्तिम कन्सर्ट नोभेम्बरमा हुँदै छ । यी अनुभवहरू भावनात्मक रूपमा थकाइदिने खालको भएको पनि उनले बताइन् ।
Facebook Comments Box