एजेन्सी, ३ साउन । उत्तर कोरियाले ३० जना नाबालिगहरुको हत्या गरेको छ । दक्षिण कोरियन अखबार जोङआङ डेलीका अनुसार उत्तर कोरियाले के ड्रामा (कोरियन ड्रामा) हेरेको आरोपमा ३० जनालाई नाबालिगको सार्वजनिक रूपमा हत्या गरेको हो ।

जोङआङको रिपोर्ट अनुसार घटना गत साताको भए पनि हालै मात्र यो घटना सार्वजनिक भएको हो । रिपोर्टका अनुसार सियोलबाट बेलुनको सहयोगमा कोरियन ड्रामाले भरिएको पेन ड्राइभ उत्तर कोरिया पु¥याएको थियो । उत्तर कोरियामा जापान, अमेरिका र दक्षिण कोरियाका ड्रामाहरूमाथि प्रतिबन्ध लगाइएको छ ।

डिसेम्बर २०२० मा लागू भएको उत्तर कोरियाको प्रतिक्रियावादी विचारधारा र संस्कृति अस्वीकृति ऐन अन्तर्गत दक्षिण कोरियाली मिडिया फैलाउनेलाई मृत्युदण्ड र यसलाई हेर्नेलाई १५ वर्षसम्मको जेल सजायको व्यवस्था रहेको छ ।

अघिल्लो महिना पनि के( ड्रामा हेरेको आरोपमा १७ वर्ष मुनिका करिब ३० नाबालिगलाई आजीवन कारावास र मृत्युदण्डको सजाय सुनाइएको थियो ।

Facebook Comments Box