काठमाडौं, २५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ । जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको एक सदस्यले जानकारी दिए । अहिले सोही विषयमा छलफल भइरहेको छ ।
उनका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।
Facebook Comments Box