काठमाडौं, १९ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् ।

आज बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका उनले पार्टी रविको मात्र नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् । ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ उनले भने ।

प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ उनले भने ।

 

 

Facebook Comments Box