काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमामा स्टाटस लेख्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन ।’

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उनले जानकारी दिएका छन् ।

 

 

Facebook Comments Box