गुल्मी, २० असार । गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित रेसुंगा माध्यमिक विद्यालयले एसईई परीक्षा २०८०मा सहभागी भई उत्र्तीण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । केही दिनअघि प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजितामा रेसुङ्गा नगरपालिका–०२ स्थित रेसुङ्गा माध्यमिक विद्यालय जिल्लामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बनेको छ ।

२०८० सालको एसइईमा रेसुङ्गा माविबाट कुल ८३ विद्यार्थी सहभागी भएका थिए । जसमा ६९ जना अर्थात ८३.१३ प्रतिशत विध्यार्थी छन् ।

विद्यालयबाट साधारणतर्फ ५५ विद्यार्थी सहभागी भएकोमा ४८ जना अर्थात ८७.२७ प्रतिशत र प्राविधिकतर्फ २८ विद्यार्थी सहभागी भएकोमा सात जना अर्थात ७५ प्रतिशत उत्तीर्ण भएका छन् ।

एसईई नतिजामा रेसुङ्गा मावि प्रतिशतका आधारमा जिल्लामा दोस्रो र विद्यार्थी संख्याका आधारमा जिल्लामा पहिलो विद्यालय बनेको छ । रेसुङ्गा माविको विगतको नजिताले पनि पछिल्लो समय विद्यार्थी संख्यामा बृद्वि भएको छ ।

उत्तीर्ण ६९ जना विद्यार्थीहरूमध्ये आस्था पोखरेल र विपना पन्थीले सबैभन्दा बढी समान ३.८२ जिपिए प्राप्त गरेका छन् । बाँकी १५ जनाले ३.६ जिपिएभन्दा माथि, १८ जनाले ३.२ देखि ३.६ जिपिए, २८ जनाले २.८ देखि ३.२ जिपिए, र छ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरी एसइई उत्तीर्ण गरेका छन् ।
उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयले मंगलबार एक कार्यक्रमको अयोजना गरी सम्मान समेत गरेको छ ।

उत्तीर्ण सबै विद्यार्थीहरुलाई मेडल, टिका र खादाले रेसुङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थी, विद्यालय व्यवस्थापन समति अध्यक्ष शेर बहादुर थापा, प्रध्यानाध्यापक भागिरथ भण्डारी लगायतले सम्मान गर्नुभएको थियो । यस वर्षको एसइईमा ऐच्छिक गणितमा १६ र गणितमा १७ जनाले ए प्लस ल्याएका छन् ।

ए प्लस ल्याउने विद्यार्थीहरुलाई प्रध्यानाध्यापक भागिरथ भण्डारी, सहायक–प्रध्यानाध्यापक राम बहादुर बस्नेत र शिक्षक देवराज अर्यालले प्रोत्साहनस्वरुप एक÷एक हजार प्रदान गरेका छन् । एसइईमा संलग्न विद्यार्थीहरुमध्ये औषतमा विद्यार्थीहरुले नेपालीमा ३.१४, अंग्रेजीमा २.९९, गणितमा २.६५ र विज्ञानमा २.२१ ग्रेड जिपिए प्राप्त गरेका छन् ।

 

Facebook Comments Box