गुल्मी, असार २३ । गुल्मीको रूरूक्षेत्र गाउँपालिकामा १० वटा घर उच्च जोखिममा रहेको छ । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार स्थलगत असार २२ गते अवलोकन गर्दा १० वटा घर उच्च जोखिममा रहेको बताएका हुन् ।
उनका अनुसार पालिकामा सबैजसो सडक पहिरोले गर्दा अवरुद्ध छन् । यसका साथै खानेपानीका मुहानहरु पनि पुरिएको छ ।
पानी पर्न बन्द हुने वित्तीकै सडक र खानेपानी मर्मतको काम तिव्र रुपमा गरिने उनले बताएका छन् ।


हाल गाउँपालिकामा वर्षाको कारण समस्यामा परेकाहरुलाई आवश्यक सहयोग गरिँदैछ । चर्किएका घरहरु बचाउनका लागि त्रिपालको व्यवस्था पनि गरिएको छ ।
अत्याधिक वर्षाको कारण जोखिम बढेको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गर्दै तत्काल राहत र सहयोगको पनि व्यवस्था गनेहुन अध्यक्ष ज्ञवालीले आग्रह गरेका छन् ।

 

Facebook Comments Box