काठमाडौं, २७ असार । गुल्मीका १२ वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । जसमध्ये रूरूक्षेत्र गाउँपालिकाले सबै भन्दा धेरै वित्तीय प्रगती हासिल गरेको छ ।

रूरूक्षेत्र गाउँपालिकाले चालू तर्फ ९१.३५ प्रतिशत रकम खर्च गर्दा पुजिगततर्फ ८६.१८ प्रतिशत खर्च गरेको छ । जसअनुसार समग्रमा ८९.४३ प्रतिशत रकम खर्च भएको पालिकाले जनाएको छ ।

समयमै निर्णय गर्ने, योजनाहरु कार्यान्वयनमा लैजाने, निर्माण व्यवसायीलाई क्रियाशिल बनाउनुका साथै कर्मचारी संग समन्वय गरेर काम गरे पछि वित्तीय प्रगति राम्रो आएको पालिका अध्यक्ष यदु ज्ञवालीले बताएका छन् ।

त्यस्तै गुल्मी दरबार गाउँपालिका जिल्लामा दोस्रो बनेको छ । उसले चालु तर्फ खर्च ९०.४१ प्रतिशत र पुँजिगततर्फ ८६.३४ प्रतिशत गरी जम्मा ८९.२१ प्रतिशत रकम खर्च भएको पालिकाले जनाएको छ ।

त्यस्तै छत्रकोट गाउँपालिकाले चालुतर्फ ८९.२५ प्रतिशत पुजिगततर्फ ८७.९२ प्रतिशत र समग्रमा ८८.७२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

धुर्कोट गाउँपालिकाले चालुतर्फ ८९.६९ प्रतिशत र पुजिगत तर्फ ८७.१३ प्रतिशत खर्च गरि समग्रमा ८८.४१ प्रतिशत रकम खर्च गरेको छ ।

यसैगरी मदाने गाउँपालिकाले चालुतर्फ ८९.२५ प्रतिशत ,पुजिगत तर्फ ८६.१७ प्रतिशत र समग्रमा ८८.३५ प्रतिशत रकम खर्च भएको पालिकाले जनाएको छ ।

रेसुङ्गा नगरपालिकाको चालुतर्फ ९०.८६ प्रतिशत र पूजीगत ८१.३५ प्रतिशत गरी जम्मा ८८.२४ प्रतिशत रकम खर्छ भएको छ ।

मालिका गाउँपालिकाले चालू तर्फ ८८.४१ प्रतिशत र पुजिगत तर्फ ८४.९२ प्रतिशत गरि समग्रमा ८७.२२ प्रतिशत रकम खर्च भएको छ ।

चन्द्रकोट गाउँपालिकाले चालुतर्फ ८५.५७ र पुजिगत तर्फ ८०.१२ प्रतिशत गरि ८२.८५ प्रतिशत रकम खर्च गरेको छ ।

कालीगण्डकी गाउँपालिकाले चालुतर्फ ८४.८६ प्रतिशत र पुजिगत तर्फ ८५.११ प्रतिशत गरि कुल ८४.९३ प्रतिशत रकम खर्च गरेको छ ।

मुसिकोट नगरपालिकाले चालू तर्फ ८६.६९ र पुजिगत तर्फ ७४.४३ गरि समग्रमा ८२.९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

सत्यवती गाउँपालिकाले पनि समग्रमा ८२.५० प्रतिशत वित्तीय प्रगति हासिल गर्दा चालू तर्फ ८५.९१ प्रतिशत र पुजिगत तर्फ ७५.१४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

त्यस्तै सबैभन्दा कम वित्तीय प्रगति इस्मा गाउँपालिकाको देखिएको छ । इस्माले पुजिगत खर्च ७७ प्रतिशत र चालू खर्च ८३.४ प्रतिशत गरि समग्रमा ८१.४२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

Facebook Comments Box