काठमाडौं, २१ असार । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने बताएपछि गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले पनि उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको छ । यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।
यसअनुसार गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आफ्नो टोल छिमेकमा बाढ िपहिरोि लगायतको विपद्को घटना घटेको थाहा पाएपा पालिकामा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
यसका साथै कुनै आपत्ति आइलागेमा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली लगायत विभिन्न वडा प्रतिनिधि र प्रहरी कार्यालयमा समेत सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यसका लागि आवश्यक सम्पर्क नम्बर निम्न छन् ।

रूरूक्षेत्र गाउँपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्र र नगर प्रहरी – ९८५७०१८५१६
रूरू प्रहरी चौकी, बलेचौर रानिबास – ९८५७०१८५१७
इलाका प्रहरी कार्यालय रिडी – ९८५७०६१९४९
गाउँपालिका अध्यक्ष -९८५७०६४२६०

वडाअध्यक्ष
वडा नम्बर १ – ९८५७०६२७७७
वडा नम्बर २ – ९८५७०६४५५०
वडा नम्बर ३ – ९८५७०६७४३९
वडा नम्बर ४ – ९८५७०६४४१९
वडा नम्बर ५ – ९८५७०६४८६४
वडा नम्बर ६ – ९८६७४३४१४९

 

Facebook Comments Box