काठमाडौँ, ३ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा इननी (ननग्रेडेड) आएका पाँच विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । पुनर्योगको लागि १९ हजार ६०० विद्यार्थीले आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमध्ये चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ ।

बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ ।यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ ।

Facebook Comments Box