परशुरामको दुर्दशा !

Avatar photo

Byरुरु संवाददाता

३२ श्रावण २०८१, शुक्रबार १२:४८

‘नाम अनुसारको काम’ भनेर कसैलाई भन्ने हो भने परशुराम नबिर्सिने नाम हो । परशुराम गाउँकै सबैभन्दा भद्र शालिन मिजासिला ब्यक्ति थिए । करिब बीस बर्ष गाउँकै स्थानीय बिद्यालममा पढाएका उनी पछि स्थानीय राजनीतिमा होमिएका थिए । शिक्षण पेसामा रहदा उनी इमानदार मेहनती र विद्यार्थी माझ लोकप्रिय थिए । उनी चाकरी प्रथा र भस्ट्रचारको धोर बिरोध गर्थे । जागिरे जिवनमा उनले हाकिमहरुको चापलुसी नगरेको कारण निकै कष्ट झेल्नु परेको थियो । उनी स्वाभिमानी थिए । सकेसम्म आफ्नो दुख अरुलाइ नदेखाउने तर अरुको दुखमा उनी हमेशा साथ हुन्थे। शिक्षण संस्थामा भित्रीएको राजनीति र बढ्दै गरेको चाकरी प्रथाबाट बाक्क दिक्क भएका उनी बिचैमा जागिर छोडेर स्वतन्त्र राजनीतिमा होमीएका थिए । परशुरामसंग एउटा हतियार थियो कलम । समाजका बिकृती बिसङती विरुद्ध उनी ठाडो कमल चलाउथे । उनी स्वतन्त्र वत्ता थिए । समाजमा उनको लोकप्रियता निकै थियो । आउँदो निर्वाचनमा उनलाई प्रधानपन्च हुन बाट रोक्न मुस्किल देखिन्त्यो ।

गाउँमा हुने साना देखि ठूलो कार्यक्रममा उनको उपस्थिति अनिवार्य जस्तै थियो । उनको उपस्थिति मात्रले गाउँलेले कामको पारदर्शिताको झल्को पाउथे। एक दिनको कुरा हो । मंसिर महिना थियो । गाउँकै डाँडाघरे साइलाको जेठो छोरो आशीर्वादको बिहेको तयारी थियो । सबै गाउँलेलाई निमन्त्रणा थियो झन परशुराम छुट्ने कुरै भएन । परशुराम र डाँडाघरे साइलाको मित्रता बालापनबाट कै थियो। गाउँको सबैभन्दा उचाईमा घर भएकाले सबैले उसको पितालाई डाडाघरे काजी भन्थे । त्यहीँ डाँडाघरे काजिरामको साइलो छोरो पछि त्यहीँ घरमा बसेकाले उनी डाडाघरे साइला भए । परशुरामको हरेक कार्यमा साइला खम्बा भएर खडा हुन्थे। कतिले त उनीहरुको मित्रतालाई कर्ण र दुर्योधनसंग तुलना गर्थे । डाँडाघरे साइलाको एउटा कमजोरी थियो । उनी तामसिक सुखमा ज्यादा रमाउँथे। मदिरा र स्त्री उनका अवगुण थिए । बिहे रातको थियो । सम्पूर्ण तयारी पूरा भएको थियो । साँझको चिसो सिरेटोसँगै मान्छेहरु नाच्दै, गाउँदै,रमाउँदै थिए। कोही केमा कोही केमा ब्यस्त थिए । कोही मदिरा पिएर रहेका थिए । परशुराम पनि त्यहीँ बसेर मनोरञ्जन हेरिरहेका थिए ।

 

अलिकति पर महिलाको हुल नाचिरहेका थियोे, त्यतिकैमा दुलाहाका पिता अर्थात् साहिला आएर परशुरामलाई सोमरसको लागि कर गर्न थाले।अरु गाउलेको पनि उक्साहट त्यसमा पनि मित्रको अनुरोधलाई नाइ भन्न नसकेर उनीलाई मदिरापान गर्न कर लाग्यो । एकातिर रात छिप्पिदै गएको थियोे अर्कोतिर भोजभतेर संगै नाचगान चलिरहेको थियोे । मदिराको लतले बेहोश भएका उनी अरुको उक्साहटमा आएर अश्लील कृयाकलाप गर्न पुगे । उनको त्यो अप्रत्याशित गतिविधि देखेर सबै गाउँलेहरु एकअर्कालाई हेरेर छक्क परे ।

 

भोलि पल्ट चराको चिरबिरसँगै बिउँझेका परशुरामलाई रातिको क्रियाकलापले पिरोल्न थाल्यो । हुन पनि हो, उनको जोशमा आएर होस गुमाउन पुगेका थिए । नशाको तालमा उनले के उचित के अनुचित छुट्याउन सकेनन । उनी बिस्ताराबाट उठेर एकछिन निकैबेर टोलाए । सदा झँै नित्यकर्म गर्नतिर उनको ध्यान गएन । उनी निकै बेर घोइरी रहेँ । रातको घटना उनको मानसपटलमा झलझलि झल्किन थाल्यो । सोच्थँे, मेरो पचास बर्षको जिन्दगीमा यस्तो भुल कहिल्यै गरेको थिइनँ । हिजो मेरो शरीरमा प्रेत आत्माले प्रवेश गरेर त्यस्तो गरेको हुनसक्छ । तथापि उनी उक्त घटनाले आफँै देखि घृणा गर्ने स्थितिमा पुगेका थिए ।

 

गाउँलेहरु पनि नशाको तालमा भएकोले उनको हर्कतलाइ चासो दिएनन् कि भनी आफैलाई सान्त्वना दिन्थे । निकैबेर टोलाएपछि उनी चिया पिउन चन्दुलाल मारवाडिको पसलमा गए । चन्दुलालका पिता मोहनचन्द्र कपडा व्यससाय गर्न कलकत्ताबाट नेपाल आएका थिए ।
चन्दुलालले पिताको विरासत थाम्न सकेनन् र घरको छेउमा चियापसल चलाएर बसेका थिए । उनको चिया पसलमा गाउँका सबै युवा तथा बुढाहरु बिहानैदेखि साँझसम्म जम्मा हुन्थे । परशुराम पुग्दा त्यहाँ पल्लो घरे हर्के र अन्तरे जेठा चियाको चुस्की लिदै थिए । अरुबेला परशुरामलाई देख्दा मिठो अभिवादन गर्ने उनिहरु आज सामान्य नमस्कार पछि कानेखुसी गर्न लागे ।

 

त्यो देखेर परशुरामको मनमा आत्माग्लानिको ज्वालामुखि बिस्फोटन भयो । उनी रातिको हर्कतले बदनाम आफ्नो भएको निचोडमा पुगे । चन्दुलाल मारवाडिले पनि उनलाई खासै वास्ता गरेन । ‘मालिगाइको दूध कसले दुहुन खोज्दैन,परशुराम जि?’ भनेर चन्दुलालले नै राती उक्साएको उनले सम्झे । कतै यो चुनाव अगाडि बदनाम गराउने षड्यन्त्र त होइन भन्दै चन्दुलाल प्रति उनलाई रिस उठ्यो।
केही दिन अगाडि चन्दुलाललाई उनले स्थानीय पार्टीको कार्यालयबाट निस्कदै गरेको देखेको थिए । कतै चुनाव अगाडि आफ्नो बदनाम गराउँन विपक्षीको इसारामा चन्दुलालको सिकार त भैइन भन्ने उनलाई लाग्यो। चन्दुलाल प्रति मनमनै उनलाई रिस उठयो। चन्दुलाललाई घुरेर हेरी चियाको पैसा टेबलमा फ्याकि केही नबोली उनी बाटो लागे । आफ्नो स्वतन्त्र राजनीति र बढ्दो लोकप्रियताले गर्दा गाउले माझ गाउलेको सहयोगमा विपक्षीले फाइदा उठाएको उनले महसुुस गरे।उनी दिनभरी घर भित्रै बसे । उनको मनमा शंका डर र निचोडका अनेक कुरा आई रहे। कहिले सोच्थे– ‘विश्वामित्र ऋषिले त सुन्दरीका अगाडि घुडा टेकेको ईतिहास छ । जाबो म त सामान्य मनुष्य । यस्तो नाथे कुरामा कति मन खेलाउनु भनेर कहिले आफैलाइ सान्त्वना दिन्थे । विश्वामित्रले पनि त गल्ती गरेका थिए, तर त्यस्तो गल्ती कहिल्यै दोहोयाएनन् । त्यसकारण ती महान् भए । अब म पनि लहैलहैमा लागेर कुनै प्रकारको गलत कार्य गर्दिन भन्ने सोचेँ । तर, भने जस्तो कहाँ हुन्छ र, त्यो पनि कलियुगमा।कस्ताकस्ता गुरु भनौदाहरुको त अनेक कहानी सुनिन्छ ।’ उनी कोमल हृदयका मानिस थिए।कहिल्यै गलत काम नगरेका । हिजोको एउटा गल्ती गर्दा उनको छट्पटीले समुन्द्र नागी सकेको थियो।मनको लंकामा लगेको आगो निभाउन उनले केही गर्न सकिरहेको थिएनन्। ‘इमानदार व्यक्तिले सानो गल्ती गरेपनि त्यसले तिनलाई निकै पोल्छ’ भन्थे यो कुरा उनमा देखि रहेको थियो ।

 

साँझको अस्ताउँदै गरेको घामसँगै उनी चौतारीमा सुस्केरा मार्दै थिए । घामलाई पश्चिम डाँडाले आधा निलिसकेको थियोे । सूर्यको केही किरणले आकाश पहेंलो देखिन्त्यो । हेर्दै बिरक्त लाग्दो बाताबरणले उनी झन दुखी भए । मनमा बोझ भएर होला आज उनलाई केही कुरामा रुचि थिएन । त्यतिकैमा डाडाघरे साहिलो मास्तिर बाट चौतारिमा आउँदै गरेको देखँे । चौतारीमा आए पछि साइलाले सिधै भने, ‘के हो परशुराम जि, हिजो उधुमै रमाइलो गर्नुभयो नि !’ उनले यति मात्र के भनेका थिए, परशुरामको अनुहार झन् कालो भयो । नकरात्मिकताले मस्तिष्क भरिएको बेला उनले साइलाको कुराको सार नै नबुझी आफुलाई गिज्याएको सम्झे । दिमागले अरु केही सोच्नै सकेन । उनी एकछिन टोलाए र हतार छ भन्दै घरतिर लागे ।

 

दिनभरी अनेक कुराको भुमरीमा फसेका पर्शुराम रातमा पनि सजिलै निदाउन सकेनन । त्यति सजिलै पनि कहाँ आउँछ र निन्द्रा झन मन चिकेनचिल्ली भएको बेला । आफुले त्यति मेहेनत गरेर कमाएको प्रतिष्ठा बर्शौ शिक्षण पेसाको बलिदान एक रातमै पानीमा बगेको उनलाई लाग्यो। उनी शिक्षित ब्यक्ती थिए सजिलै धन आर्जन गर्न सक्थे तर समाज सेवा गरेर गाउमै केही गर्न चाहन्थे। गाउँको हरेक समस्यामा अगाडि सर्ने उनलाई नै गाउलेहरुले भित्र भित्र मन पराउदा रैनछ्न भन्ने लाग्यो । गाउँलेहरु मेरो साथ भएको भए हिजो किन मलाइ उक्साए । नराम्रो काम हुन लाग्दा किन रोकेनन भन्ने लाग्यो । आज चिया पसलमा हर्के र अन्तरे जेठाको चालामाला चन्दुलालको नजरअन्दाजले उनको मुटुमा गहिरो छेड परेको थियो । छेड पर्नु पनि स्वभाविक हो । ऊ जस्तो गाउँकै इज्जतिलो ब्यक्तिले अलिकती सम्मान खोज्नु नौलो होइन । डाँडाघरे साइलाले पनि साथी बनेर आफुलाई गिराउँन खोजेको उनलाइ भान भयो । साझ उसको कुरामा उनले गिज्याहट देखेको थिए । साथी बनेर भित्र भित्र छुरा हान्ने साइँलालाई उनले सम्झन चाहेनन तर बिर्सउन पनि कसरी ? सब समस्याको जड आशीर्वादको बिहे न हो । न आशीर्वादले बिहे गर्दथे न म ।  मैले मदिरा पिउँथे न म आज समस्यामा पर्थे । रातमा कोल्ते फर्कदा फर्कदा नजिकै आएको चुनावले उनलाई झन तर्सायो । अनेक कुरा सोच्दा सोच्दा रात कटेर परशुराम बिहानको झिसमिसेमा कहिले निदाए चालै पाएनन् ।

Facebook Comments Box