गुल्मी, ०५ भाद्र। भारी वर्षाको कारण अवरुद्ध गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडक सञ्चालनमा आएको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ रातामाटामा सडक माथिबाट पहिरो खसेपछि मंगलबार सडक अवरुद्ध भएको थियो ।
रुरुक्षेत्र गाउँपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा एक्साभेटरको प्रयोग गरी सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड पनि सञ्चालनमा आएको छ ।
सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरे खोलामा आएको पानीको बहाव घटेपछि सडक सञ्चालन भएको हो । आज विहान अबरुद्ध बनेको खज्र्याङ‐रिडी सडक भने अझै सञ्चालनमा आएको छैन । खन्र्यााङ‐रिडी खण्डको बीच भागमा चट्टान सहितको पहिरो खसेपछि यो सडक दुई दिनदेखि अवरुद्ध बनेको हो ।
वर्षाका कारण तम्घास आउने दुई दर्जन भन्दा बढी ग्रामिण सडकहरु समेत अबरुद्ध बनेका छन् । यसैबीच, वर्षाका कारण थप जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेको छ ।