गुल्मी, ०९ भाद्र । गुल्मी जिल्लामा सात दिनभित्र ७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले साप्ताहिक रुपमा गरेका कामको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सातामा जिल्लाभर विभिन्न काम गर्दा साता लाख ३२ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको हो । जिल्लाभरी गरिएको काममध्ये राहदानीबाट सबैभन्दा धेरै ७ लाख २२ हजार ५०० रुपैयाँ र संस्था नविकरणबाट १० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भदौको पहिलो हप्तामा ८४ वटा नयाँ नागरिकताको प्रमाण पत्र जारी गरिएको छ । त्यसैगरी १०५ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ११ वटा नाबालक परिचयपत्र वितरण गरिको छ भने १३९ वटा राहदानी आवेदन संकलन गरेको कार्यालयले जनाएको छ । यसका साथै १४४ राहदानी वितरण गरिएको ककछ भने राष्ट्रिय परिचय पत्रका लागि २५३ वटा आवेदन संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै १५८ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको गरिएको छ । सोही अवधिमा ७ लाख ३२ हजार पाँच सय राजस्व संकलन गरिएको हो ।