गुल्मी, २९ साउन। गुल्मी जिल्लामा विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् । रेसुंगा नगरपालिका– ८ खानीगाँउ स्थित रेसुङगा सामुदायिक वन देखि ल्याएको डल्ले च्याउ जस्तो देखिने जङगली च्याउ खादा एकै परिवारका ८ जना बिरामी भएका हुन् ।
जंगली च्याउ खाँदा ६५ वर्षीय टोम बहादुर थापा, उनकी श्रीमती ६२ वर्षीय दिल कुमारी श्रीस, छोरा ३८ वर्षीय लक्ष्मण थापा र २९ वर्षीय विकास थापा बिरामी भएका छन् ।
यस्तै थापाकी नातिनि १० वर्षीय दिपदिका थापा, १२ वर्षीय बिनिसा थापा, छोरी ४२ वर्षीय सिर्जना काउछा र ३९ वर्षीय गीता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरूको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ ।
Facebook Comments Box